जेठ ९, २०८१

समृद्धिका लागि वन परियोजना

नेपाल सरकार तथा विश्व बैङ्कको संयक्त प्रयासबाट नेपालको लुम्बिनी  प्रदेश तथा मधेश प्रदेशमा दिगो वन व्यवस्थापन, साना तथा मध्यम वन उद्यमहरुलाई प्रवर्धन तथा सहयोग परिचालनको लागि वन लगानी कार्यक्रम (Forest Investment Program) अन्तरगत समृद्धिका लागि वन परियोजना तर्जुमा  भएको हो । यस परियोजना विश्व बैङ्कको ऋण तथा अनुदानमा  नेपाल सरकार तथा विश्व बैङ्कबीच सन् २०२१ मार्च १९ मा सम्झौता भै वन तथा वातावरण मन्त्रालय, कृषि विकास बैङ्क र विश्व बैङ्कले संयुक्त  रुपमा कार्यान्वयन गर्ने परियोजना हो । यो परियोजना प्रदेशस्तरमा लुम्बिनी तथा मधेश  प्रदेशमा लागु भएको छ ।

परियोजनाको लक्षः दिगो वन व्यवस्थापनमा सुधार गर्ने, वनबाट प्राप्तहुने फाइदाहरु वृद्धि गर्ने र नेपालका मधेश प्रदेश र लुम्बिनी प्रदेशस्थित छनौट गरिएका स्थानीय तहभित्र खुद हरित ग्याँस उत्सर्जन न्यूनीकरणमा योगदान गर्ने ।

परियोजनाको उद्देश्यः यस परियोजनाको उद्देश्य निम्नानुसार रहेको छः-

  • छोटो र मध्यमअवधिका प्रतिफलहरुले वनको समग्र उत्पादकत्व वृद्धि गर्ने
  • वनमा आधारित साना तथा मझौला उद्यमहरुको विकास तथा सुधारमा योगदान गर्ने ।
  • तराई भू-परिधी क्षेत्र भित्र उत्सर्जन न्यूनीकरण कार्यक्रमले लक्ष्य राखेको उत्सर्जन न्यूनिकरण गर्न योगदान गर्ने ।
 

प्रदेशस्तरमा लुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण विषय हेर्ने मन्त्रालय अन्तर्गत  प्रदेश परियोजना व्यवस्थापन इकाई रहने व्यवस्था अनुरूप यस प्रदेशको प्रादेशिक परियोजना व्यवस्थापन इकाई वन निर्देशनालय बुटवलमा रहेको छ । यस परियोजना प्रदेशस्तरमा प्रादेशिक परियोजना व्यवस्थापन इकाई र लुम्बिनी प्रदेशको १२ जिल्लामा रहेका १४ वटै डिभिजन वन कार्यालयहरू मार्फत कार्यान्वयनमा रहेको छ भने स्थानीयस्तरमा निम्नानुसार २५ स्थानीय तहमा कार्यान्वयनमा रहेको छः-

सि.नं.

जिल्ला

स्थानीय तह

नवलपरासी ब.सु.प.

सुनवल न.पा., सरावल गा.पा.

रुपन्देही

सैनामैना न.पा., कञ्चन गा.पा., देवदह न.पा., लुम्बिनी सांस्कृतिक न.पा.

पाल्पा

बगनासकाली गा.पा., तिनाउ गा.पा., रैनादेवी छहरा गा.पा.

कपिलबस्तु

शिवराज न.पा., बुद्धभूमि न.पा., बाणगङ्गा न.पा.

अर्घाखाँची

शितगङ्गा न.पा., पाणिनी गा.पा.

प्यूठान

सरुमारानी गा.पा.

रोल्पा

रुन्टिगढी गा.पा.

दाङ

घोराही उ.म.न.पा., लमही न.पा., राप्ती गा.पा., बंगलाचुली गा.पा.

बाँके

कोहलपुर न.पा., बैजनाथ गा.पा., खजुरा गा.पा.

१०

बर्दिया

बाँसगढी न.पा., बढैयाताल गा.पा.

                                                                                                                                                                

 कागजातहरु

. PAD Click here to download

२. POM Click here to download 

३. Guideline (Plantation Manual CBFM grant Mannual) Click here to download

 

                   विज्ञहरू

नामः- दीपक बहादुर चन्द

पदः- वन तथा उद्यम विज्ञ

सम्पर्क नः- 9858752345

इमेलः- deepuchand2000yahoo.com

नामः- दामोदर शर्मा

पदः- वातावरण सुरक्षा विज्ञ

सम्पर्क नः- 9851177066

इमेलः- damodar.dfan@gmail.com

नामः- लिलाराज पौडेल

पदः- लैङ्गिक तथा सामाजिक सुरक्षा विज्ञ

सम्पर्क नः- 9857620207

इमेलः- lilapaudyal@gmail.com

नामः- नगेन्द्र प्रकाश रेग्मी

पदः- अनुगमन तथा मूल्याङ्कन विज्ञ

सम्पर्क नः- 9841046357

इमेलः- nagendra.regmi@gmail.com